वातावरण

अर्थ रोटेशन डे : धर्तीको गति बढ्यो, एक चक्कर पूरा गर्न २४ घण्टाभन्दा कम

तपाईंले स्कूलमा पढ्नुभएकै होला धर्तीले आफ्नो एक चक्कर लगाउनमा २४ घण्टा लागाउँदछ । तर नयाँ रिपोर्टले आश्चर्य पार्न सक्छ । किनकी धर्ती अब चाँडै घुम्न थालेको छ । अब उसलाई एक चक्कर पूरा गर्नमा ०.५ मिली सेकेण्ड कम लागिरहेको छ ।

डेली मेलको रिपोर्ट अनुसार, २४ घण्टामा ८६,४६०० सेकेण्ड हुन्छ । यो समयमा धर्तीले आफ्नो एक चक्कर पूरा गर्दछ । तर अघिल्लो वर्ष चन्द्रमाबाट देखिँदा यसमा ०.५ मिली सेकेण्डको कमी आएको छ ।

हिजो "अर्थ रोटेशन डे" हो, जान्नुहोस यो दिन कसरी सुरु भयो ।

हरेक वर्ष ८ जनवरीमा अर्थ रोटेशन डे मनाइन्छ । आजको दिन मनाउनुको कारण छ । फ्रान्सेली भौगोलिक विज्ञानी जिन बर्नार्ड लियोन फोकल्टको योगदान । लियोनले १८५१ मा आफ्नो एक मोडल, धर्ती आफ्नो धुरीमा कसरी घुम्छ ? लाई सावित गरेका थिए । यहि भएर यो दिनलाई अर्थ रोटेशन डे को रुपमा चुनियो ।

४७० इपू मा यूनानी खगोलविद्ले यो दावी गरेका थिए कि धर्ती घुम्छ । तर सावित गर्न सकेनन कि यो सूर्यको चक्कर पनि लगाउन सक्छ । सैकडौँ वर्षसम्म भएको अध्ययनपछि लियोनले पहिलो पटक पेंडुलम मोडलबाट बुझाए कि धर्ती आफ्नो धुरीमा घुम्दै सूर्यको चक्कर पनि लगाउँछ ।

पेरिसमा जन्मिएका लियोनको शिक्षा घरमा भएको थियो । हायर स्टडीको लागि उनले मेडिसिन विषय चुने । तर रगत देखेर डराएका कारण उनी फिजिक्सतिर लागे । 

गाउँ सहर डेस्क

तपाईँको मत