स्वास्थ्य

कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार ९१२ पुग्यो, देशभर सक्रिय संक्रमित ४ हजार ६८१

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या तीन रहेको छ । यो सहित देशमा भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ९१२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका नयाँ ३६२ संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ ।

यस्तै भाइरस जितेर स्वास्थ्य लाभ गर्ने पछिल्लो २४ घण्टामा ६९९ छन् । योसहित स्वास्थ्य लाभ गर्नेको कुल संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म १९ लाख ७४ हजार ५६१ जनाको पिसिआर परीक्षण भएको छ । अहिले देशभर ४ हजार ६८१ जना आइसोलेशनमा र २६२ जना क्वारेन्टाइनमा रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत