प्रेरणा

अनुशासन, नियम र समर्पण : यी तीन कुराले कसैलाई कुनैपनि काममा विज्ञ बनाउँछ

काठमाडौँ । महाभारतमा एकलव्यको कथाले हामीलाई अनुशासनको महत्व थप उजागर गर्दछ । 

एकदिन एकलव्य, कौरव र पाण्डवका गुरु द्रोणाचार्यकोमा पुगे र भने- गुरुदेव म पनि धनुर्विद्या सिक्न चाहन्छु, कृपया मलाई पनि आफ्नो शिष्य बनाउनुहोस् ।

द्रोणाचार्यले भने- म केवल राजकुमारलाई धनुर्विद्याको ज्ञान दिन्छु । यसकारण तिमीलाई आफ्नो शिष्य बनाउन सक्दिन ।

एकलव्यले सो समय मनबाट द्रोणाचार्यलाई आफ्नो गुरु माने । उनी जंगलमा आफ्नो क्षेत्रमा पुगे र त्यहाँ माटोबाट द्रोणाचार्यको मूर्ति बनाए । एकलव्य दैनिक गुरुको मूर्ति अगाडि अनुशासनमा रहेर धनुष बाण चलाउने अभ्यास गर्न थाले ।

महाभारतमा एकलव्यको यो कथालाई लिएर नियमको सूत्रसँग जोडिएको छ । यदि कोहि व्यक्ति नियम, अनुशासन र समर्पणसँग कुनैपनि काम गर्दछ भने के परिणाम आउँछ, यो हामी यस कथाबाट बुझाउँछौँ ।

नियमित रुपले अभ्यास गर्दा एकलव्य बाण छोड्ने र फर्काउने विद्यामा दक्ष भए । एक पटक एकलव्य अभ्यास गरिरहेका थिए, तब एउटा कुकुर त्यहाँ आएर भुक्न थाल्यो । यसकारण एकलव्यको अभ्यासमा वाधा हुन पुग्यो । तब उसले एकसाथ सात बाण छोडे र कुकुरको मुख बन्द गरिदिए ।

सो समय कौरब र पाण्डव पुत्र द्रोणाचार्यसँग जंगल घुमिरहेका थिए । त्यो कुकुर उनीहरु नजिक पुग्यो । उनीहरुले कुकुरलाई देखेर अचम्मित भएका थिए । कुकुरको मुखमा एकसाथ यतिधेरै बाण अत्यन्तै कुशलताका साथ हानिएको थियो । त्यसको मुखबाट रगतको एक थोपा पनि झरेको थिएन ।

द्रोणाचार्य र राजकुमार कुकुरलाई बाण हान्ने धुनर्धरलाई खोज्न थाले । केहि समय पछि सबै एकलव्यको नजिक पुगे । एकलव्यले द्रोणाचार्यलाई प्रणाम गरे र भने- म तपाईंको शिष्य हुँ । द्रोणाचार्य यो सुनेर अचम्ममा परे ।

तब गुरुले आफ्ना सबै शिष्यलाई भने- एकलव्य आज यतिविघ्न दक्ष भए, यसमा उनको अनुशासन, नियम र समर्पणको प्रभाव हो । शिक्षाको क्षेत्रमा यी तीन कुरा अत्यन्तै जरुरी छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत