स्वास्थ्य

कोरोनाभाइरसबाट संक्रमित ६ करोड ४० लाख बढिले गरे स्वास्थ्य लाभ, थप १ लाख ८ हजारको अवस्था गम्भीर

काठमाडौँ । विश्वमा कोरोनाभाइरसबाट आजसम्म कुल संक्रमितको संख्या ८ करोड ९३ लाख ५५ हजार ९१९ पुगेको छ भने स्वास्थ्य लाभ गर्नेको संख्या ६ करोड ४० लाख ८ हजार १८ पुगेको छ ।

भाइरसका कारण अहिलेसम्म १९ लाख २२ हजार ५२ जनाको ज्यान गएको छ ।

वर्ल्डोमिटर्स डट इन्फो कोरोनाभाइरसको तथ्यांक अनुसार थप १ लाख ८ हजार ८९७ अर्थात ०.५ प्रतिशतको अवस्था गम्भीर छ ।

नेपाल इन्फोको ४२ औँ नम्बरमा छ । अहिलेसम्म देशमा कुल संक्रमित २ लाख ६४ हजार १५९ पुगेका छन् भने स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ५७ हजार २२९ पुगेको छ । अहिलेसम्म १९०९ जनाले ज्यान गुमाएका छन् । देशमा अहिले ५ हजार २१ जना सक्रिय संक्रमित छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत