शिक्षा

त्रिवि र आंशिक प्राध्यापकबीच सहमति, कम्तिमा एक शैक्षिक सत्र पढाएकालाई आन्तरिक करार गरिने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय र आंशिक प्राध्यापकबीच शुक्रबार सहमति भएको छ ।

सहमति अनुसार त्रिविमा कार्यरत कम्तिमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकहरुलाई क्याम्पसको आवश्यकता, औचित्यता, जेष्ठता, निरन्तरता, अनुभव र तोकिएको पूर्णकक्षाभारको आधारमा नियमानुसार प्रक्रिया पुरा गरि त्रिवि केन्द्रीय कार्यालयको स्वीकृति र समर्थनमा क्याम्पसको आन्तरिक स्रोतबाट खर्च व्यहोर्ने गरी शिक्षण सहायक सरहको पारिश्रमिक पाउने गरी व्यवस्थापन गर्ने । यसरी व्यवस्थापन गर्दा क्याम्पसको स्रोत अपुग भएको अवस्थामा विविले व्यवस्थापन गर्ने उल्लेख छ ।

पौष २ गतेदेखि विभिन्न मागहरु राखेर आशिंक प्राध्यापकहरु उपकुलपति कार्यालयकेन्द्रित आन्दोलन गरिरहेका थिए । 

यस्तो छ सहमतिका बुँदाहरु


 

गाउँ सहर संवाददाता

Hari Acharaya लेख्नुहुन्छ २५ पौष, २०७७ ७:२२ pm

Patak Pathak Thagiyeka pradyapak haru sahamati karyanwayan garnuhola. khabardari garnuhola.

Ganesh Pradhan लेख्नुहुन्छ २५ पौष, २०७७ ७:२१ pm

आंशिकको आन्दोलन टुंग्याएको मात्र हो कि, सावधान रहनुहोला ।

Radhika Kunwar लेख्नुहुन्छ २५ पौष, २०७७ ७:१९ pm

सहमति कार्यान्वयन हुनुपर्यो, नत्र त यो समस्या जस्ताको तस्तै रहन्छ ।

Tek Raj Ojha लेख्नुहुन्छ २५ पौष, २०७७ ७:१८ pm

आशिंक प्राध्यापकहरु ko uddar jaruri thiyo. Good!

Yubaraj Shrestha लेख्नुहुन्छ २५ पौष, २०७७ ७:१७ pm

Dherai ramro, tara aghilla sahamati jastai raddiko tokari nahos.

तपाईँको मत