खेल

रामेछापमा तरुण दलकाे आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता

रामेछाप । नेपाल तरुण दल रामेछाप नगरपालिका-२ देउरालीले खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरेको छ ।

'स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद' भन्ने अभियानका साथ शुक्रबार खेलकाे उद्घाटन भएकाे छ । 

भलिबल प्रतियोगिता नेपाली कांग्रेस रामेछापका नेता नारायण भट्टराईले उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा रामेछाप र ओखलढुंगा जिल्लाका गरि ९ टिम सहभागी रहने वडा सदस्य सुशिल हरि बख्रेलले जानकारी दिए ।

प्रतियाेगितामा प्रथम, द्धितिय र तृतीयलाई क्रमश २०, १५ र १० हजार नगद पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र बितरण गरिने बख्रेलले बताए ।

कार्यक्रमको उद्घाटन समारोहलाई नेता भट्टराई, नेविसंघ पूर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेल, वीपी प्रतिष्ठान रामेछापका अध्यक्ष रामकृष्ण खड्का, भुपू सैनिक संघका जिल्ला अध्यक्ष टहल बहादुर कार्की, विद्यार्थी नेताहरु महेश भट्टराई, सरोज श्रेष्ठ, तरुण नेता श्याम कुमार थापामगर लगायतले सम्बोधन गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत