गाउँ सहर

साझाको सञ्चालक समितिका अध्यक्षमा डा. विजय सुब्बा निर्वाचित

काठमाडौँ। साझा प्रकाशनको २४औँ साधारणसभा अन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिका अध्यक्षमा डा. विजय सुब्बा निर्वाचित भएका छन्।

साहित्यकार तथा निवर्तमान सांसद डा. सुब्बा ४१२ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी डा. जीवनचन्द्र कोइरालाले १८३ मत प्राप्त गरेका थिए । 

निर्वाचन यही पुस २१ देखि २४ गते हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रकाशनको पुल्चोकस्थित कार्यालयमा भएको थियो। निर्वाचित पदाधिकारीको कार्यकाल चार वर्षको हुनेछ।

कूल एक हजार ४५७ मतदाता (अंशियार) रहेको सो प्रकाशनको निर्वाचनमा ६४३ मत खसेको र ४८ बदर भएको थियो। प्रकाशनका सञ्चालक सदस्यमा यसअघि हरिप्रसाद भण्डारी, डिपी अर्याल र सीता ओझा तथा लेखा सुपरीवेक्षण समितिका संयोजकमा प्रभादेवी बज्राचार्य निर्विरोध निर्वाचित भइसकेका थिए।

सदस्यका उम्मेदवार वियोगी बुढाथोकी, ज्ञानु अधिकारी, महेश प्रसाईँ र यशोदा अधिकारीले उम्मेदवारी फिर्ता लिएपछि सहमति भएको थियो। निर्वाचनका लागि अधिवक्ता मनोहर लामिछानेको संयोजकत्वमा समिति गठन भएको थियो।

गाउँ सहर संवाददाता

Mera Sarma लेख्नुहुन्छ २४ पौष, २०७७ १०:४३ pm

Lau Badhai, Mantri ko satta yo vae ni diexan Ba le.............!!!!!!

तपाईँको मत