राजनीति

धनगढी पुगेर प्रधानमन्त्री ओलीले कसलाई के भने ? (बुँदागत रूपमा)

काठमाडाैं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहले शुक्रबार धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरेका छन् ।

सम्बाेधन क्रममा के-के भने त प्रधानमन्त्री केपी शर्मा ओलीले ?

- प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर हल्ला चलाइरहेका छन् । म तिनीहरुलाई कोरा राजनीतिक कुरा मात्र नगरेर एक पटक संविधान पढ्न आग्रह गर्न चाहन्छु ।

- प्रचण्ड–माधव समूहलाई ओलीले भने -तपाईंहरुले गाली गर्दै हिँडेका पार्टी छाडेर भागेका भगौडाहरुका कुरा सुन्नुभएको होला । तपाईंहरु प्रभावित हुन आवश्यकता छैन ।

- ६४ प्रतिशतको प्रतिनिधित्व गर्ने सर्वसम्मत प्रधानमन्त्री म हो । मैले देशको समय बर्बाद हुने भयो, देशका लागि काम गर्न दिएनन् । म ताजा जनादेशमा जान चाहन्छु भनेर सिफारिस गरेँ,’ उनले अघि भने, ‘६४ प्रतिशतको नेता म हो, अर्को विकल्प छैन संसदमा । विकल्प नभएपछि प्रतिनिधिसभा पुनर्स्थापना संवैधानिक, व्यवहारिक, अन्तर्राष्ट्रिय प्रचलन कुनै हिसावले हुन्न ।

-५० वर्ष अघि गणतन्त्रका लागि रोडमा उफ्रने मै हो । त्यसक्रममा १४ वर्ष जेल नै बसेको छु ।

- नेपालमा ३ करोड जनसंख्या छ, २ सय ६५ जना अलग गएका छन् भन्ने सुनेको छु, त्यसले हामीलाई केही फरक पर्दैन । नुहाउँदा पनि २/४ वटा केस झरेर जान्छ । 

- म सुदूरपश्चिमबाट प्रचण्ड–माधबलाई चुनौती दिन्छु, अबको निर्वाचनमा दुई अंक अर्थात १० सिट मात्र जितेर देखाऊ ।

- भीम रावललाई व्यांग्य गर्दै भने, ‘एउटा अछामको केटो म जेल हुँदा आइपुग्यो, र त्यसलाई राजनीतिमा लगाएँ, अहिले आफ्नो ज्यानभन्दा ठूलो कुरा गर्छ, त्यसका बारेमा तपाईँहरु आफै बुझ्नुस् ।

- आफन्त नभएको कोही हुँदैन, मेरो पनि आफन्त होलान् । मेरो कोही आफन्त मैले टपक्क टिप्दै राख्दै गरेको देखाइदिनुस् । म नेताहरुलाई भन्न चाहन्छु, तपाईंहरुले जनताका अगाडि उभिएर मलाई यसैगरी भन्नुस् । म तपाईंहरु हरेकको एक दर्जन अवसरै अवसरको तर मारेको देखाइदिन्छु ।

- खराब तत्वहरुलाई गाउँमै ठेगान लगाउनुपर्छ, माथि गए भने हैरान पार्छन् । त्यस्ता तच्वहरुलाई भोट नहाल्नुस् ।

- हामीलाई गाली गलौज गर्ने फुर्सद छैन। देश बनाउन हिँडेका छौं। उहाँहरूसँग दन्तमझान गर्ने फुर्सद छैन ।

- सुगौली सन्धीपछि पनि हामीले लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूमि भोगचलन गरेका हौं। ५८ वर्षदेखिे प्रयोग गर्न पाएका छैनौं। त्यसलाई संविधानमा  समेटेका छौं । उक्त भूमि समावेश गरी नक्सा छापियो अनि यही प्रदेशका केहीलाई टाउको दुख्यो र अहिलेको यो असहज स्थिति सिर्जना भयो ।

- प्रचण्डलाई पनि काम लाग्छ कि भनेर पार्टीमा ल्याएको र ‘लाटोकोसेराले घाम लागेको बेला देख्न नसके’जस्तै सरकारले काम थालेको देख्न सकेनन् ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत