अर्थतन्त्र

ग्लोबल आइएमई बैंकको १४औं वार्षिकोत्सव सम्पन्न, सामाजिक कार्यमा अगाडि 

काठमाडौँ । ग्लोबलआइएमई बैकको १४औं वार्षिकोत्सव सम्पन्न भएको छ । बैंकले वार्षिकोत्सवको अवसर पारेर जाडोमा न्यानो कपडा वितरण गरेको छ । 

बैंकको कर्णाली प्रादेशिक शाखा कार्यालयले  बैकको १४औं वार्षिकोत्सवको उपलक्ष्यमा, संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत विरेन्द्रनगर, सुर्खेत स्थित मानव सेवा आश्रमका विभिन्न उमेर समुहका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको हो । 

बैंकको कर्णाली प्रादेशिक शाखा कार्यालय प्रमुख विष्णु अर्यालले मानव सेवाआश्रम, सुर्खेत शाखालाई न्यानो कपडा हस्तान्तरण गरेका छन्  । 

बैंकले समाजलाई टेवा पु¥याउने उद्देश्यका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजपयोगी कार्यहरु गर्दै आएको जनाएको छ । 

यसका साथै, बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २७ सरकारी राजश्व संकलन काउन्टर, १CDS & Clearing काउन्टर, १९ एक्सटेन्सन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ७९६ भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत