स्वास्थ्य

पछिल्लाे २४ घण्टामा ५२६९ जनाको पीसीआर परीक्षण गर्दा ५५४ जना काेराेना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा  थप ५५४ जना कोरोना संक्रमित थपिएका छन् ।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा  ५ हजार २१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ५ हजार २ सय ६९ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ५४ जनामा कोरोना पुष्टि भएको  मन्त्रालयले जनाएको हो ।

२४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ९ पुगेको मन्त्रालयले जनाएको छ । हाल ३ सय ३८ जना क्वारेन्टाइनमा छन् ।

गत २४ घण्टामा ५८५ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५७ हजार २ सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत