विश्व

बिरालोसँग वर्षगांँठ मनाउने यी महिला

एजेन्सी । स्पेनमा बस्ने ४८ वर्षकी बारबेरेला बुचनरले आफ्नो विवाहको १० औं वर्षगाँठ मनाएकी छन् । उनले यो वर्षगांँठ मानिससँग नभएर दुई बिरालोसँग मनाएकी हुन् ।

वास्तवमा ती महिला पछिल्लो १४ वर्षदेखि आफ्ना बिरालाहरु स्पाइडर र लुगोसीसँग वैवाहिक सम्बन्धमा छिन् । २००४ मा बारबेरेलाले दूई बिरालोसँग विवाह गरेकी थिइन् । त्यो समयदेखि आजसम्म उनी आनन्दले जीवन बिताएकी छन् । बिरालालाई नै आफ्ना पति स्वीकार गरेर बसेकी छन् ।

उनले जिन्दगीको लामो समय मानिसमा माया खोज्नमा बिताएकी थिइन् । पछि मानिससँग माया खोज्नु र माया गर्नु बेकार सम्झेर बिरालोसँग विवाह गरेको बताउँछिन् । उनका अनुसार बिरालोलाई जति माया गर्दा खुशी अरुबाट पाउन सकिएन । उनले बिरालोहरुलाई एक पत्नीले गरेको जस्तै स्याहार गर्छिन ।

बिरालोसँग विवाह गर्दा नै उनले कुनै पुरुषसँग विवाह नगर्ने घोषणा गरेकाे एजेन्सीले बताएकाे छ ।

गाउँ सहर डेस्क

तपाईँको मत