स्वास्थ्य

मोर्डना भ्याक्सिलाई युरोपेली संघले दियो स्वीकृति

एजेन्सी । युरोपेली संघले कोरोना भाइरसविरुद्वको भ्याक्सिन मोर्डनालाई प्रयोग गर्न स्वीकृती दिएको छ । यो संगै युरोपेली संघले दोस्रो भ्याक्सिनलाई स्वीकृती दिएको हो । मोर्डनालाई युरोपेली संघको ड्रग रेगुलेटरले बुधबार बजारीकरण गर्न स्वीकृती दिएको हो ।

बेलायतमा देखिएको नयाँ स्वरुपको कारोना भाइरसलाई परास्त गर्न दोस्रो भ्याक्सिनलले सजह बनाउन सक्ने कारण मोर्डनालाई मान्यता दिइएको जनाइएको छ ।

युरोपेली संंघले मोर्डनाको एक करोड ६० लाख डोज खरिद गर्ने भएको छ । यस वर्षको जनवरी महिनादेखि सेप्टेम्बर महिनासम्ममा अमेरिकी फर्म मोर्डनाको माग अनुसारको डोज युरोपेली संघलाई दिने प्रतिबद्वता व्यक्त गरेको एजेन्सीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत