समाज

१३० केजी गाँजासहित आठ जना पक्राउ

काठमाण्डौँ । प्रहरीले १३० केजी गाँजासहित आठ जना पक्राउ गरेको छ । प्रहरीले मकवानपुरमा ४४ केजी गाँजासहित आठ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आज विहान करिब ४ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले मकवानपुर मनहरी गा।पा। वडा नंम्बर ८ सिमपानी स्थित पुर्व पश्चिम लोकमार्ग सडक खण्डको किनारामा लागु औषध गाँजा ४४ केजी सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुर राक्सिराङ्ग गाउँपालिका वडा नं।२ बस्ने बर्ष २२ को सुजन प्रजा, सोही ठाउँ बस्ने अन्य सात जनाहरु बर्ष २५ को दिपक लामाबर्ष ५२ को कान्छाराम लामा, बर्ष ४५ को गोपाल चेपाङ्ग, बर्ष ३१ को रतन सिङ्गतान, बर्ष ३६ को उद्धास ब्लोन, बर्ष २५ को प्रेम मोक्तान र कैलाश गाउँपालिका वडा नंम्बर ४ बस्ने बर्ष ३४ को सिताराम सिङ्गतान रहेका छन् ।

बिहिबार राति ९ बजे मनहरी गाउँपालिका वडा नंम्बर ६ स्थित रुपाचुरी जंगलबाट ८६ केजी गाँजा बरामद गरेको थियो । विशेष सुचनाका आधारमा प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी गाँजा बरामद गरेको हो । प्रहरी आएको थाहा पाएपछि गाँजा कारोबारीहरु भागेको र उनीहरुको खोजी भइहरेको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत