राजनीति

दोलखामा गृहमन्त्री बादलविरुद्ध कालो बेलुन प्रदर्शन

दोलखा । दोलखामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई कालो बेलु्न देखाएर विरोध गरिएको छ । नेकपा ओली समूहको जिल्ला भेलालाई सम्बोधन गर्न पुगेका गृहमन्त्री थापालाई प्रचण्ड माधव समूहका कार्यकर्ताहरुले कालो बेलुन देखाएर विरोध गरेका हुन् । आज आयोजना गरिएको भेलामा गृहमन्त्री थापासहित सञ्चारमन्त्री पार्वत गुरुङ, पूर्व पर्यटनमन्त्री आनन्द पोखरेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

ओली समूहको कार्यक्रम सुरु हुनुअघि प्रचण्ड– माधव समूहले सदरमुकाम चरिकोटमा विरोध प्रदर्शन गरेको छ । दुई प्रभावशाली मन्त्रीहरुको आगमनसँगै दोलखामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत