खेल

प्रथम समृद्धि गोरिल्लाज ३x३​​​​​​​ बास्केटबल प्रतियोगिता सम्पन्न

काठमाडौँ । प्रथम समृद्धि गोरिल्लाज ३x३ बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । समृद्धि स्कुलद्वारा आयोजित प्रथम समृद्धि गोरिल्लाज ३x३ बास्केटबल प्रतियोगिता स्कुलको बास्केटबल मैदान बालाजुमा सम्पन्न भएको हो । दुई दिन चलेको उक्त प्रतियोगिता मा पुरुषतर्फ २४ र महिलातर्फ १२ गरि जम्मा ३६ वटा टिमहरूले भाग लिएको थियो । 

बजाज पल्सर पिपुल्स च्वाइस एवार्डमा मनोनित हुन सफल नेपालको राष्ट्रिय महिला बास्केटबल टिम क्याप्टेन तथा समृद्धि स्कुल/कलेजको समृद्धि गोरिल्लाज बास्केटबल टिमको क्याप्टेन सदिना श्रेष्ठलाई सहयोग गर्न तथा कोरोनामहामारीको दौरानमा पनि युवाहरू स्वस्थ र सकारात्मक रहनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । 

उक्त प्रतियोगिता पुरुषतर्फ बि.एम.के. “सी” टिम प्रथम भयो भने उप–बिजेतामा पनि बि.एम.के.कै“बी” टिम रहेको थियो । यसैगरी महिलातर्फ आयोजक समृद्धि स्कुलको टिम प्रथम भएको थियो भने टिम सबिनाले दोश्रो स्थान हात पार्न सफल भएको थियो । प्रतियोगिताको मोस्ट भ्यालुएबलप्लेयरको उपाधि पुरुषतर्पm बि.एम.के. “सी” टिमका सोनमप्रयाग शेर्पा तथा महिलातर्फ समृद्धि स्कुलका प्रेडिका महर्जनले हात पारेका छन् । 

विजयी टोलिका खेलाडीहरूलाई समृद्धि स्कुलका सि.ई.ओ तथा प्रिन्सीपल नरेश प्रसाद श्रेष्ठ, नेपालको राष्ट्रिय महिला बास्केटबल टिम क्याप्टेन सदिना श्रेष्ठ लगायतले मेडल, ट्रफी र प्रमाणपत्र बितरण गरेका थिए । प्रतियोगिताको सम्पूर्ण संयोजन तथा व्यवस्थापन समृद्धि गोरिल्लाज (सिनियर टिम) ले गरेको थियो ।

समृद्धि स्कुलका प्रिन्सीपल तथा निर्देशकहरू, समृद्धि गोरिल्लाज महिला बास्केटबल टिमका खेलाडीहरू तथा प्रतियोगिताबाट उठेको रकम समेत गरी रु. दुई लाख नगद सोही अवसरमा क्याप्टेन सदिना श्रेष्ठलाई सहयोग स्वरूप प्रदान गरिएको  छ ।  

 

गाउँ सहर डेस्क

तपाईँको मत