प्रेरणा

तपाईं जति नै व्यस्त रहेपनि घरको जिम्मेवारी नविर्सनुहोस्, किनकी परिवारबिना संसारका हरेक चिज बेकार

काठमाडौँ । भनिन्छ सबैकुरा पैसा हो । तर सोच्नुहोस् त, नबाँच्ने रोग लागे के पैसाले बचाउन सकिन्छ ? कदापी सकिँदैन । यसकारण सबैभन्दा ठूलो कुरा परिवार हो । जसको अभावमा हरेक चिज निरर्थक हुन्छन् ।

यसै प्रसंगमा महाभारतबाट केहि कुरा सिकौँ ।

महाभारतमा कंसको वधपछि उसका ससुरा जरासंध श्रीकृष्णलाई मार्नको लागि मथुरामा पटकपटक आक्रमण गर्न थाले । कृष्ण र बलराम हरेक पटक उनलाई हराउँथे । उनले १७ पटक हमला गरेका थिए । जब १८ औँ पटक जरासंधले मधुरामा आक्रमण गरे तब कृष्ण-बलराम त्यहाँबाट भागे । यहिकारण कृष्णलाई रणछोड भनेर पनि चिनिन्छ ।

त्यो समय श्रीकृष्णले सोचे- यसरी नै मथुरामा पटकपटक आक्रमण भए मथुराको विकास हुन पाउँदैन । प्रजा दुःखी रहनेछन् । युद्धले जहिल्यै नोक्सानी दिन्छ । यस्तो युद्धबाट मेरो परिवार पनि असुरक्षित रहनेछ । मलाई धर्मको स्थापना गर्नु पर्छ ।

यस्तो सोचेर श्रीकृष्णले पूरै परिवार र सबै आफन्तहरुको सुरक्षाको लागि एक छुट्टै नगरी द्वारीका बसाए । द्वारीकामा सबैलाई सुरक्षित गर्नको लागि वादको धर्म स्थापनाका लागि अभियानमा निस्किए ।

यसकारण मानिस जति नै व्यस्त रहेपनि परिवारको जिम्मेवारी इमान्दारीसँग निभाउनु पर्दछ । किनकी संसारमा सबै चिज हासिल गरेपनि र परिवारलाई केहि गर्न पाइएन भने ती सबै चिज बेकार हुन्छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत