स्वास्थ्य

विश्वभर काेराेनाबाट अहिलेसम्म १९ लाख बढिले ज्यान गुमाए, १ लाख ८ हजार जना सिकिस्त

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड २९ लाख ५८ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ६ करोड ३५ लाख ९६ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ८ करोड ८४ लाख ६० हजार नाघेको छ भने मृतकको संख्या १९ लाख ५ हजार ३१७ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ८ हजार २९२ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड २१ लाख १२ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ३ लाख ७३ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ३१ लाख ४३ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ८५ लाख ९५ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ४ लाख १४ हजार ४४ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५० हजार ६०६ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ३६ हजार ७२२ जना निको भएका छन् । सक्रिय केस २ लाख २६ हजार ७१६ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ७९ लाख ६१ हजार जना संक्रमितमध्ये ७० लाख ९६ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाखभन्दा बढी छन् । हाल ७ लाख ९६ हजार जनामा काेराेना भाइरस सक्रिय छ । अझै ६ लाख ६४ हजार जनामा भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ६३ हजार ६०५ जना पुगेका छन् भने २ लाख ५६ हजार ६४४ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ९०३ पुगेको छ भने ५ हजार ५८ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत