अर्थतन्त्र

समृद्धिको आधार सहकारी– गण्डकी प्रदेश सभा सदस्य कोइराला

पोखरा ।  गण्डकी प्रदेश सभा सदस्य एवम् सहकारी अभियन्ता प्रभा कोइरालाले मुलुकको समृदि्धको आधार सहकारी भएकी छन् ।

बचत तथा ऋण सहकारीसंगको छाता संगठन जिल्ला सहकारी संघ कास्कीको २० औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले कोभिड–१९ को कारण चलायमान हुन नसकेको सहकारीको पुंजीलाई उत्पादनसंग जोडनु पर्ने बताएकी हुन् ।

सहकारी अभियानलाई सफल बनाउन सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिँद उनले सहकारीलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक नीति निर्माण गर्दै कार्यान्वय पक्षलाई शसक्त बनाउनु पर्ने बताएकी छन् ।

जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारीको सफलतानै राष्ट्रको सफलता भएको बताउँदै त्यसका लागि सुशासन कायम गर्दै व्यवसायिकरण गरिनु पर्नेमा जोड दिए ।

राष्ट्रिय सहकारी संघ (नेफ्स्कून) सञ्चालक कमलादेवी गिरी , संघका निर्वतमान अध्यक्ष सुदिप ढकाल, पूर्व अध्यक्षहरु दामोदर चालिसे र भिम गुरुङले सहकारीमा नेतृत्व लिनु मात्र नभई केही गर्दछु भन्ने साहस हुनुपर्नेमा जोड दिए ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत