वातावरण

आगामी साताको मौसमी सारांश यस्तो छ

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी साताको मौसमी सारांश यस्तो छ ।

१। यस साता पश्चिमी वायुको सामान्य प्रभाव रहने ।

२। प्रदेश १ मा साताभर आंशिक बदली रहने, १-२ स्थानहरुमा वर्षाको संभावना र १-२ उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको संभावना

३। अन्य सबै प्रदेशहरुमा सामान्यतया सफा देखी आंशिक बदलीको  सम्भावना ।

४। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा १-२ स्थानहरुमा हल्का हिमपातको सम्भावना ।

५। तराईको अधिकांश भू-भागमा साताका अधिकांश दिनहरूमा विहानीपख कुहिरोरहुस्सु लागेपनि दिउसो हट्ने ।

६। देशभर केहि स्थानहरुमा अधिकतम तापक्रममा हल्का वढ्न सक्ने र केहि स्थानहरुमा उल्लेखनिय परिवर्तन नभएता पनि  न्युनतम तापक्रममा केहि गिरावट हुने ।

गाउँ सहर संवाददाता

तपाईँको मत