कला

सर्जुन राईको ‘दैलो’ सार्वजनिक

काठमाडौँ । लोकप्रिय गायक सर्जुन राईको स्वरमा रहेको ‘दैलो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा सर्जुनलाई सानु तामाङले साथ दिएका छन । यस गीतमा शब्द तथा संगीत बिश्वराज राई मास्टर मिक्सिङ रोमन बज्राचार्यको रहेको छ ।

गीतको म्युजिक भिडियोमा नग्मा श्रेष्ठ, रुपेश राई र सीता राईको अभिनय रहेको छ । खोटाङका रमणिय स्थानहरु रुपाकोट, बुइपा, लेक्पा, मुढे, नुनथला, अर्र्खौले र जयरामघाटका मनमोहक दृष्यहरु भिडियोमा देख्न सकिन्छ । भिडियोको निर्देशन तथा छायांकन अनिल के मानन्धरले गरेका छन् ।

भिडियोमा लाहुर गएको प्रेमिले आफ्नो प्रेमिकालाई कतिसम्म माया गर्छन् र कतिसम्म कुर्छन भन्ने बिषयलाई प्रस्तुत गरिएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत