अब अन्तर बैंककाे एटिएम कार्ड प्रयाेग गर्दा महिनामा दुई वटा बैंकमा शुल्क नलाग्ने
- गाउँ सहर संवाददाता
- २३ पौष बिहीबार, २०७७ | १६:३२:०० मा प्रकाशित
काठमाडाैं । अब अन्तर बैंककाे एटिएम कार्ड प्रयाेग गर्दा महिनामा दुई वटासम्म बैंकमा काराेबार शुल्क नलाग्ने भएकाे छ । सो भन्दा बढीको कारोबारमा भने शुल्क लिन पाउने व्यवस्था केन्द्रिय बैंकले गरेको छ ।
नेपाल राष्ट्र बैंकले लकडाउनपछि निशुल्क गरेको अन्तरबैंक एटिएम कारोबारमा माघ १ गतेदेखि भने प्रतिकारोबार २० रुपैयाँसम्म बैकहरूले शुल्क लिन पाउने भएका छन्। केन्द्रिय बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकिकृत निर्देशन २०७७ मा संशोधन गरी यस्तो व्यवस्था गरेको हो ।
त्यसैगरि बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको अनुमति लिएर मात्रै विद्युतिय बैंकिङको शुल्क लिन पाउने भएका छन् ।
केन्द्रिय बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकिकृत निर्देशन २०७७ मा संशोधन गरी सम्बन्धित ग्राहकको अनुमति लिएर र सेवा शुल्क सम्बन्धि पूर्व जानकारी गराएर मात्रै इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतिय बैंकिङ सेवा वापतको शुल्न लिन पाउने नयाँ व्यवस्था गरेको हो ।
यसअघि बैंकहरुले अन्तर बैंक कारोबारमा शुल्क लिन पाउनुपर्ने माग गर्दै आएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
- सहकारीको रकम अपचलनबारे गृहमन्त्री रविले फेसबुकमार्फत दिए यस्ताे स्पष्टीकरण
- सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः दाबी पेस गर्न आह्वान
- नेप्सेमा १४.८१ अंककाे गिरावट
- आजदेखि सेतो मत्स्येन्द्रनाथ रथयात्रा
प्रतिकृया दिनुहोस