स्वास्थ्य

यार्सागुम्बा सेवनका फाइदाहरु

काठमाडौँ । शेर्पा भाषामा यसलाई ‘यार्चा गुम्बु’ भनिन्छ । यार्सागुम्बा जसको अर्थ ‘यार्चा’ वनस्पति र ‘गुम्बु’ किरा भन्ने हुन्छ । वनस्पति र किरासँगै भएको बस्तु यार्सागुम्बु भन्छन् । यसमा धेरै औषधीय गुण हुन्छ । महँगो जडीबुटी यार्सा नेपालबाट बाहिरिने महँगो जडीबुटी हो ।

यस जडीबुटीको नाम दुईवटा शब्दहरूको संयोजनबाट बनेको हुन्छ ‘यार्सा’ र गुम्बा’ नेपाली प्रचलित भाषामा यसलाई यार्सागुम्बा भनिन्छ । नेपालका कतिपय स्थानहरूमा भने यसलाई जीवनबुटी भनेर पनि चिनिन्छ ।

सामुद्रिक सतहभन्दा ३८ सय मिटरको उचाइमा पाइने  यार्सा नेपालमा औषधिबाहेक अन्यत्र यसको उपयोग खासै गरिँदैन । यसका धेरै बुहउपयोगी गुणहरु रहेका छन् ।परम्परागत चिनियाँ उपचार विधि अनुसार यसको प्रयोग दम, कलेजो, मुटु र मिर्गौलाको रोगमा गरिन्छ विशेष गरिन्छ ।

नेपालमा स्थानीय रूपमा झाडापखाला, टाउको दुख्ने, हातगोडा दुख्ने उपचारका निम्ति यसलाई प्रयोग गरिन्थ्यो । यद्यपि, अहिले यसको अत्यधिक उपयोग भने यौन शक्तिवर्धक टनिकका रूपमा प्रयोग गरिन्छ ।

अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका वैज्ञानिकले गरेको अनुसन्धानले यार्साको नियमित सेवन गर्ने पुरुषको पिसाबमा १७–केटास्टोरोइड भन्ने तत्त्व बढी हुने देखाएको थियो । एउटा सर्वेक्षणमा यार्सा नियमित सेवन गर्ने ६४ प्रतिशत मानिसले आफ्नो यौन शक्ति बढेको बताएका थिए । यार्सागुम्बाको सेवनले यौनशक्ति बढाउने अध्ययनले देखाएको छ । 

नपुंसकता हुनबाट बचाउनुका साथै यसले आलस्यता हटाउँदै शरीरमा ऊर्जा प्रदान गर्छ । गर्भवती महिलाका लागि यार्सागुम्बा बढी फाइदाजनक छ । यसको सेवनले पेटभित्रको बच्चालाई आवश्यक पोषण तत्व प्राप्त हुन्छ । क्यान्सर, ट्युमर, मिर्गौलाका बिरामीले यार्सागुम्बा नियमित सेवन गरेमा लाभ मिल्छ ।

यसको सेबनले मस्तिष्कसम्बन्धी एन्जाइटी, अल्जाइमर, डिप्रेसनजस्ता समस्या कम गर्छ ।यार्सागुम्बा रक्तश्राप रोक्न, काटेको घाउ चाँडै निको पार्न, रगतमासी निको पार्न तथा शरीर दुखेमा पनि यसलाई पिसेर धुलो बनाई खाने गरिन्छ । कतिपय मानिसहरूले भने हिमालमा पाइने पाँचऔंले, मौरीको मह र दूधसँग यार्सागुम्बा मिसाएर खाने गर्दछन् ।

यसरी खाँदा तागत बढ्ने विश्वास गरिन्छ । स्नायु सम्बन्धी रोग अनिद्रा मांशपेसीको दुखाई श्वासप्रश्वास सम्बन्धी रोगमा कोलेष्ट्रोल घटाउन रोग प्रतिरोधक क्षमता बढाउन यो उपयोगी रहेको छ । हाल उच्च गुणस्तरको यार्साको अन्तर्राष्ट्रिय बजार मूल्य सुनभन्दा पनि महँगो रहेको छ । त्यस कारण यसलाई जैविक सुनको रुपमा पनि चिनिन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत