अर्थतन्त्र

नेप्सेले ऐतिहासिक रेकर्ड ताेड्दै उचाईमा, कारोबार रकम पनि बढ्याे

काठमाडाैं । पछिल्लाे समेत शेयर बजार परिसूचक नेप्सेले ऐतिहासिक उचाईकाे रेकर्ड ताेड्दै अघि बढिरहेकाे छ । 

बिहीबार पनि नेप्से दोहोरो अंकले बढ्दा हालसम्मकै ऐतिहासिक उचाई अर्थात २१९४.४८ विन्दुमा पुगेको छ । अघिल्लो दिनको उच्च रेकर्ड तोड्दै नेप्से १५.९१ विन्दुले बढेको हो ।

यसदिनको बजारमा पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने शेयरमूल्य घट्ने कम्पनीहरुको ३ प्रतिशतभन्दा कमले मात्र शेयरमूल्य घटेको छ ।

यसदिन मल्टिपपर्स फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, आईएमई जनरल इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । एभरेष्ट बैंक कन्भर्टिबेल प्रिफरेन्स शेयर, र खानीखोला हाइड्रोपावर कम्पनीके शेयरमूल्य ३ प्रतिशत धेरैले घटेको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबारको बजारमा २०८ कम्पनीको एक करोड १७ लाख बढी कित्ता शेयर ५ अर्ब ८७ करोड ४७ लाख बराबरमा किनबेच भएको छ । बुधबार ४ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

 

त्यसैगरी, आज कारोबार रकमको आधारमा प्रभु बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ३१ करोड ७० लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।         

गाउँ सहर संवाददाता

तपाईँको मत