समाज

नगदसहित आठ जुवाडे पक्राउ

जुम्ला । प्रहरीले आठ जुवाडेलाई पक्राउ गरेको छ ।  जुम्ला सदरमुकाम खलङ्गाबाट आठ जना जुवाडे पक्राउ परेका हुन् ।

जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा चन्दननाथ नगरपालिका–१ विमानस्थल नजिकबाट जुवा खेल्दै गरेका आठ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा चन्दननाथ नगरपालिकाकै कमल मल्ल, कृष्ण महत, कालीबहादुर बुढा, हरि बुढा, कमल बुढा, जगबहादुर बुढा, हरिबहादुर बुढा र चन्द्र बुढा रहेका छन् ।

बुधवार साँझ ७० हजार नगदसहित आठ जना जुवाडेलाई नियन्त्रणमा लिइएको डिएसपी माधव प्रसाद काफ्लेले बताएका छन् । पछिल्लो समय जुवा तासको बिगबिगी बढ्यो भन्ने थाहा पाएपछि विशेष अप्रेसन सुरु गरेको काफ्लेले बताए । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत