विश्व

अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएकाे औपचारिक घोषणा, जनवरी २० मा सपथ

  • एजेन्सी
  • २३ पौष बिहीबार, २०७७ | १५:०६:०० मा प्रकाशित

काठमाडाैं । जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकाे औपचारिकताको घाेषणा भएकाे छ । 

अमेरिकाका दुबै सदनको संयुक्त बैठकले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएको प्रमाणित गरेको हाे ।

उपराष्ट्रपति माइक पेन्सले संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडेन हुने घोषणा गरे।  

 

राष्ट्रपति डोनाल्ड ट्रम्पका हतियार युक्त समर्थकले संसद भवनमा गरेको आक्रमणका कारण केही घण्टा रोकिएको इलेक्टोलर कलेज मतलाई औपचारिकता प्रदान गर्ने संसदको संयुक्त शत्रमा बाइडेनको जितले अन्तिम औपचारिकता पूरा गरेको हो ।

सबै ५० राज्यबाट आएका इलेक्टोलर कलेज मतलाई तल्लो र माथिल्लो सदनको संयुक्त सत्रले प्रमाणिकरण गरेको हो ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिन्छ ।

यस्तै उपराष्ट्रपतिमा कमला ह्यारिसको जितले पनि औपचारिकता पाएको छ ।

सदनले इलेक्टोरल कलेज मत गणना गरि त्यसलाई प्रमाणिकरण गरेसँगै बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिने निश्चित भएको हो ।

स्थानीय समयअनुसार बुधबार अबेर राति सकिएको दुबै सदनको बैठकले बाइडेन ३०६ इलेक्टोरल कलेज मत पाएर विजयी भएको कुरालाई प्रमाणीकरण गरेको हो । उनका प्रतिष्पर्धी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्लले २३२ इलेक्टोरल मत पाए ।

 

यसअघि राज्यका सदनले मत प्रमाणिकरण गरेका थिए । त्यसपछि इलेक्टोरल कलेजले त्यसलाई प्रमाणिकरण गरि सदनमा पठाएको हो ।

सुरूदेखि नै  चुनावमा धाँधली भएको बताउँदै आएका ट्रम्पका समर्थकले बैठक चलिरहेको बेला संसद भवनमा हिंसा मच्याएका थिए । चार जनाको ज्यान गएको हिंसाका कारण बैठक अवरूद्ध भएको थियो ।

एजेन्सी

तपाईँको मत