भिडिओ

‘यस्तो एउटा प्रेम कहानी’ को गीत सार्वजनिक

काठमाडौँ ।  ‘यस्तो एउटा प्रेम कहानी’ को शीर्ष गीत सार्वजनिक भएको छ । मल्टिस्टार चलचित्र  ‘यस्तो एउटा प्रेम कहानी’ को शीर्ष गीत सार्वजनिक भएको हो । वरिष्ठ कलाकार शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ अनि सदाबहार नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरको डेब्यू रहेको यो चलचित्र माघ १ मा प्रदर्शन हुँदैछ ।

गीतको शब्द सुस्मा रुपाबुङ राईको रहेको छ भने संगीत बसन्त सापकोटाको रहेको छ। गीतलाई विश्व नेपाली र अस्मिता परियाले गाएका छन् ।

अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको यस चलचित्रमा शिव श्रेष्ठ, उनका छोरा शक्ति श्रेष्ठ, प्रियंका कार्की, करिश्मा मानन्धरकी छोरी कविता मानन्धर, आयुष्मान देशराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला लगायतका कलाकार रहेका छन्। यो चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका छन् ।

फिस्टेल मुभिजको ब्यानरमा बनेको चलचित्रको निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुन्। खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेश थापामगर र तारा तुलाधर चलचित्रका सह–निर्माताहरु हुन् ।

गाउँ सहर डेस्क

तपाईँको मत