खेल

एथ्लेटिक बिल्बाओलाई पराजित गर्दै बार्सिलोना तेस्रो स्थानमा

एजेन्सी । लियोनेल मेस्सीको दुई गोलमा एथ्लेटिक बिल्बाओलाई पराजित गर्दै बार्सिलोना ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ ।

खेलमा अग्रता भने बिल्बाओले लिएको थियो । तेस्रो मिनेटमा नै इनाकी विलियम्सले बिल्बाओलाई अग्रता दिलाएका थिए । तर, लगत्तै पेड्रीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए ।

दुईपटक पोष्टमा हिर्काएपछि खेलको ३८ औँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । दोस्रो हाफमा अर्को गोल गर्दै मेस्सीले बार्साको अग्रता फराकिलो बनाएका थिए । 

खेलको अन्तिम मिनेटमा इकेर मुनायिनले बिल्बाओका लागि अर्को गोल थपेपछि बिल्बाओले हार स्वीकार गर्नुपरेको हो ।

गाउँ सहर डेस्क

तपाईँको मत