अर्थतन्त्र

ग्लोबल बैंकद्वारा स्मार्ट प्रयोगकर्ताहरु लक्षित गरी क्यासब्याक योजना

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको चौधौं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्मार्ट प्रयोगकर्ताहरु लक्षित गरी क्यासब्याक योजना ल्याएको छ । 

बैंकको मोबाइल बैकिङ÷ग्लोबल स्मार्ट सेवा लिई हालसम्म कुनै प्रक्रारको कारोबार नगरेका ग्राहकहरुले ग्लोबल स्मार्ट प्रयोग गरी प्रथम पटकको कुनै पनि कारोबारमा (वालेट लोड तथा मोबाइल टपअप बाहेक) रु. ५० र क्यू आर मार्फतको पहिलो भुक्तानीमा रु. १०० नगद प्राप्त (क्यास ब्याक) गर्न सक्नेछन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत