प्रेरणा

इमान्दारीसँग गरिएको काममा दुःख आउला, एकदिन अवश्य राम्रो फल मिल्नेछ

जो व्यक्ति आफ्नो काममा बेइमानी गर्दछ, उसलाई सुरुवातमा सफलता मिल्न सक्छ तर पछि समस्या बढ्न थाल्दछ । जबकि इमान्दारीले काम गर्ने व्यक्तिले सुरुवातमा दुःख पाएपनि पछि राम्रो फल प्राप्त हुन्छ ।

यो कथा मनन् गरौँ ।

कथानुसार, पुरानो समयमा एक राजा वृद्ध भएका थिए । उनका १० छोरा थिए । १० राजकुमारमा अब राजा को बन्ने ? यो कुरा राजाले भेउ पाउन सकेका थिएनन् । धेरै सोचेपछि राजाले राजकुमारहरुलाई बोलाए र सबैलाई एक एक बीउ दिए । राजाले भने, ‘तिमीहरु यी सबै बीउ लैजाऊ र आ-आफ्नो बीउ गमलामा रोपेपछि एकवर्ष यसको हेरचाह गर । जुन राजकुमारको बोट सबैभन्दा सुन्दर र हराभरा हुन्छ, उ नै पछिल्लो राजा घोषित हुनेछ ।

सबैभन्दा साना राजकुमार धेरै सिधा र इमान्दार थिए । उसले बीउलाई गमलामा रोपे । धेरै हेरचाह गरे, तर त्यो बीउ बढेन । जबकि अन्य नौ राजकुमारका बीउहरु सुन्दर र हराभरसँग उम्रिए । सबै राजकुमारहरु आफ्नो मेहनतबाट खुसी थिए, केवल सबैभन्दा साना राजकुमार दु:खी थिए ।

जब एक वर्ष भयो सबै राजकुमारहरु आफ्नो गमला लिएर राजकोमा पूगे । कान्छो राजकुमार जो गमला लिएर राजाकोमा पुगेका थिए त्यसमा कुनै बिरुवा थिएन, किनकी उनको बीउ बढ्न सक्दैनथ्यो । सबैले कान्छो राजकुमारलाई लिएर ठट्टा गरे । राजाले पनि सबै राजकुमारहरुका गमला हेरे र कान्छो राजकुमारलाई राजा घोषित गरे ।

राजाको यो फैसला सुनेर सबै चिन्तित् थिए । तब राजाले भने- मैलै तिमीहरु सबैलाई बीउ दिएको थिएँ । ति सबै बीउ खराब थिए । तिमीहरु सबैले आफ्नो आफ्नो बीउ बदलेर मलाई धोका दिने केशिश गरेका छौ, तर सबैभन्दा कान्छा राजकुमारले इमान्दारीले त्यो बीउको हेरचाह गरे, जब बीउ बढेन, तबपनि उसले बेइमानी गरेनन् । एक इमान्दार व्यक्तिलाई नै राजा नियुक्त गर्न सकिन्छ । यसकारण सबैभन्दा कान्छा राजकुमार नै राजा बन्नेछन् ।

गाउँ सहर डेस्क

तपाईँको मत