अर्थतन्त्र

सेयर बजारमा नयाँ रेकर्ड, साढे ४ अर्बको कारोबार

काठमाडौँ । धेरै उतार चढावका बाबजुद सेयर बजारले पुन नयाँ रेकर्ड राखेको छ । आइतबार २१७५ रहेको इन्डेक्स बुधबारसम्म आईपुग्दा २१७८.५७ बिन्दुमा पुगेको छ । बुधबार नेप्से मापन गर्ने सूचक १३.०७ अंकले बढ्दा इन्डेक्सले नयाँ रेकर्ड कायम गरेको हो ।

गत आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेर रेकर्ड कायम गरेको नेप्से सूचक दुई दिनको करेक्शनपश्चात पुनः ऐतिहासिक उचाईमा पुगेको छ । 

२०५ कम्पनीको १ करोड ५ लाख ३५ हजार २१६ कित्ता सेयर ४ अर्ब ४२ करोड ५४ लाख ७२ हजार ३३९ रुपैयाँमा सेयर किनबेच भएको छ ।

यो दिन बैंकिङ समूहको उपसूचक ११.८, विकास बैंक २२.९५, निर्जीबन बीमा ११२.६६, जीवन बीमा २४.८३, माइक्रोफाइनान्स समूहको उपसूचक ५६.३१ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सको २१ करोड ३३ लाख ८६ हजार ७४३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः शिखर इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी रहेका छन् भने जलविद्युत कम्पनीको शेयरमूल्य घटेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत