समाज

घरको दुई तलाबाट खसेर एकजनाको मृत्यु

काठमाडौँ । घरको दुई तलाबाट खसेर एकजनाको मृत्यु भएको छ । भक्तपुरमा रेलिङ हाल्ने क्रममा घरको दुई तलाबाट खसेर बुधबार एकजना मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा भक्तपुरको सूर्यविनायक ५ का ४० वर्षीय इश्‍वर कार्की रहेका छन् ।

महानगरी प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार सूर्यविनायक नगरपालिका ६ पाण्डुबजार हाइटमा गोविन्द राजकर्णीकारको साढे २ तला पक्की घरको दोस्रो तलामा स्टिलको रेलिङ हाल्ने क्रममा कार्की एक्कासी खसेर गम्भीर घाइते भएका थिए । घाइते कार्कीको मध्यपुर अस्पताल ठिमिमा उपचारको क्रममा मृत्यु भएको गिरीले जानकारी दिएका छन् ।

रामेछापको मन्थली नगरपालिका ९ फुलासी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका ६ बस्ने ४५ वर्षीय राजन खड्काले उक्त घरमा रेलिङ लगाउन ठेक्का लिएको बुझिएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनै ठेकदारमार्फत इश्‍वर कार्कीले रेलिङ लगाउन उक्त घरमा गएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत