समाज

बालिका बलात्कार गर्ने युवक पक्राउ

सुर्खेत । बालिका बलात्कार गर्ने युवक पक्राउ परेका छन् । बालिका बलात्कार गरेको आरोपमा दैलेखमा एक युवक पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा नारायण नगरपालिका–८ की ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय रामबहादुर बिक रहेका छन्।

घरमा कोही नभएको अवस्थामा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिएका छन् ।

डीएसपी श्रेष्ठका अनुसार स्थानीय एक व्यक्तिले उक्त घटनाबारे प्रहरीलाई खबर गरेपश्चात खटिएको प्रहरी टोलीले बिकलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका बिकलाई अदालतबाट म्याद थप अनुमति लिई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया थालिएको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत