प्रविधि

समुन्द्रमा बेलुनजस्तो नयाँ प्रजाती भेटियो

एजेन्सी । समुन्द्रमा एक नयाँ प्रजाती भेटिएको छ । जसको नाम समुन्द्रिय ब्लब रहेको छ । यो ढाँड नभएको जीवहरुको समुह अन्र्तगत पर्दछ । वैज्ञानिकहरुका अनु्सार यसको शरीर पार्टी वेलुन जस्तो देखिन्छ र यसमा धागो जस्तो देखिने दुई वटा टेन्टाकल हुन्छन् । यो जीव पानीमुनी धेरै गहिराइमा भेटिएको हो । यसको शरीर सानो करीब ६ सेन्टिमिटर लामो हुन्छ ।

जब यो जीव एक ठाउ बाट अर्को ठाउमा सर्छ, तब यो उत्तेजक हुन्छ र यसको शरीरमा भएका साना कपाल जस्ता सिलियाहरुले उज्यालो रंगको प्रिज्ममा प्रकाश छर्दछन्।

नेशनल ओसियानीक एन्ड एट्मोसफेरीक एड्मिनिस्ट्रेसन (एन.ओ.ए.ए) का अनुसन्धानकर्ताहरुले सन २०१५ मा पहिलो पटक यो रहस्यमय पार्टी ब्लब समुन्द्रको १३ हजार फिट (४ हजार मिटर) तल गहिराइमा देखा परेको बताएका थिए । तर सन २०२० नोभेम्बर १८ मा प्लाकंटन एन्ड बेन्थोस रिसर्च पत्रिकामा यस जीवबारे समाचार प्रकाशित भएको थियो ।
अनुसन्धानकर्ताहरुको टिमले उक्त जीवलाई फाइलम टेनोफोराअन्तर्गत नयाँ प्रजातीको रुपमा वर्गीकरण गरेका छन । यसलाई ढाड नभएको सानो शिकारी समुन्द्री अखरोट पनि भनिन्छ । यसको वैज्ञानिक नाम डोब्राकियम स्पार्कसी राखिएको एजेन्सीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत