विश्व

१२ हजार ६ सय ३८ वटा हिरा जडित औँठी, विश्व किर्तीमान कायम

 एजेन्सी।  नयाँ औँठी जसले गिनिज बुकमा आफ्नो नाम राख्न सफल भएको छ । उक्त औँठीमा १२ हजार ६ सय ३८  वटा हिरा जडान गरिएको छ । सो औँठी भारतको मेरठ शहरमा रहेको रेनानी ज्वेलरीका मालिक हर्षित बनसलले डिजाइन गरी विश्व किर्तीमान कायम गरेका छ ।

उक्त औँठीको डिजाइन डिसेम्बर २१ सन् २०२० मा निर्माण गरिएको थियो । औँठीलाई मेरीगोल्ड वा रिङ अफ प्रोस्पेरिटीको नाम दिइएको छ । त्यो औँठी गोलो रहेको र ३८.०२ क्यारेटको प्राकृतिक हिरा जडान गरिएको जनाइएको  छ । औँठीको तौल १६५ ग्राम रहेको छ । 

यस अघिपनि भारतकै ज्वेलरी ७,८०१ वटा हिरा जडान गरी किर्तीमानी कायम गरेको एजेन्सीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत