खेल

टेस्ट सिरिज न्युजिल्यान्डको हातमा

काठमाडौँ । पाकिस्तानविरुद्धको दुई खेलको टेस्ट सिरिज न्युजिल्यान्डले जितेको छ । बुधबार दोस्रो टेस्टमा पाकिस्तानलाई एक इनिङ्स १७६ रनले पराजित गर्दै न्युजिल्यान्डले सिरिज जित्न सफल भएको हो । न्युजिल्यान्डले एक खेल अगाडि २—० ले सिरिज जितको हो ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङ्समा २९७ रन बनाएको थियो । पाकिस्तानका लागि अजहर अलीले ९३ रन जोड्दा मोहमद रिजवानले ६१ रन बनाएका थिए । फाहिम आश्रफले ४८ रन जोड्दा जफर गोहारले ३४ रन बनाए ।

बलिङतर्फ न्युजिल्यान्डका केली जेमिसनले ५ विकेट लिए । न्युजिल्यान्डले पहिलो इनिङ्समा ६५९ रनको उच्च योगफल तयार गरेको थियो । कप्तान केन विलियमसनले दोहोरो शतकीय इनिङ्स खेले । विलियमसनले २३८ रन बनाए । यस्तै हेनरी निकोल्सले १५७ रन बनाए ।

न्युजिल्यान्डका लागि ड्यारल मिचेलले अविजित रहँदै १०२ रनको योगदान गरे । बलिङतर्फ पाकिस्तानका सहिन साह अफ्रिदी, मोहम्मद अब्बास र फहिम आश्रफले २(२ विकेट लिन सफल भए ।

न्युजिल्यान्डले इनिङ्स समाप्तिको घोषणा गरेपछि दोस्रो इनिङ्स थालेको पाकिस्तान १८६ रन जोड्दा अलआउट भएपछि घरेलु टिम एक इनिङ्समै विजयी भएको छ । दोस्रो इनिङ्समा पाकिस्तानका अजहर अली र जफर गोहारले समान ३७—३७ रन बनाए । न्युजिल्यान्डका केली जेमिसनले ६ विकेट लिए । ट्रेन्ट बोल्टको नाममा तीन विकेट हात पार्न सफल भए । 

गाउँ सहर डेस्क

तपाईँको मत