समाज

बालाजु बाइपासमा २३ वर्षीय युवकको हत्या

काठमाडौँ । काठमाडौँको बालाजु बाइपासमा स्थानीय टेलर व्यवसायी (लुगा सिउने) बिच भएको झगडामा  २३ वर्षीय युवकको हत्या गरिएको छ ।

मंगलबार राति स्थानीय दुई टेलर व्यवसायीबिच भएको विवादले उग्र रुप लिँदा २३ वर्षका कलाम मियाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

राति ९ बजेतिर अर्का टेलर व्यवसायी अन्दाजी २३ वर्षका सुबोध शर्माले कपडा काट्ने कैँचीले मियाँको कोखामा प्रहार गरेका थिए । गम्भीर घाइते भएका मियाँलाई उपचारका लागि अस्पताल लगिएको भए पनि राति साढे १० बजे मृत्यु भएको थियो ।

घटनापछि भागेका शर्मालाई प्रहरीले बुधबार बिहान फर्पिङ्गबाट पक्राउ गरेको छ । मृत्यु हुने मियाँ र आक्रमण गर्ने शर्मा दुवै भारतको मोतिहारीका बासिन्दा रहेका छन् ।

दुईबिच ग्राहकको विषयलाई लिएर विवाद भएको प्रहरीले बताएको छ । उनीहरुबिच सोही विषयमा लामो समयदेखि रिसइबी थियो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

 

गाउँ सहर डेस्क

तपाईँको मत