हाँस्य टेलिसिरियल ‘४ दुना ९’ पुष २३ गतेबाट प्रशारणमा आउने
- गाउँ सहर डेस्क
- २२ पौष बुधबार, २०७७ | ११:५८:०० मा प्रकाशित
काठमाडौँ । हाँस्य टेलिसिरियल ‘४ दुना ९’ पुष २३ गतेबाट प्रशारणमा आउने भएको छ । नेपालको पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यकासाथ निर्माण गरिएको नयाँ हाँस्य टेलिसिरियल ‘४ दुना ९’ भोलि बिहीबार अर्थात २३ पुसबाट प्रशारणमा आउने भएको हो । साँझ ७ बजे प्रसारण हुने निर्माण युनिटले एक कार्यक्रम मार्फत जानकारी दिएको छ ।
कार्यक्रममा अतिथिको रुपमा उपस्थित भएका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मीले पर्यटन बोर्डले गर्नुपर्ने काम ‘४ दुना ९’ टिमले गरेको बताएका छन् ।
उनले नेपालको पर्यटकीय क्षेत्रहरुलाई एक टेलिसिरियलमार्फत् देशव्यापी बनाउन खोजेको भन्दै सम्पूर्ण टिमलाई धन्यवाद दिएका थिए । सो अवसरमा उनले पर्यटन बोर्डले सक्ने सहयोग गर्ने बताए ।
टेलिचलचित्रका निर्देशक छेडुप लामाले काठमाडौँबाट जाने केही कलाकारसँगै अन्य अधिकांश स्थानीय कलाकारको अभिनय रहेको बताए ।
टेलिचलिचित्रका मुख्य कलाकार राजाराम पौडेलले सुरुको चार भाग जुम्ला र मुगुमा खिचिएको बताए । उनले भने ‘त्यहाँको मौलिकताको प्रशंसा गरेरै सक्दिनँ, त्यहाँको रीतिरिवाज, रहनसहनले मेरो मन तानेको छ । हामीले त्यही मौलिकतालाई पर्दामा उतार्ने कोसिस गरेका छौं । दर्शकलाई अवश्य मनपर्नेछ ।’
टेलिसिरियल प्रत्येक भाग ३० मिनेट बराबरको हुनेछ । ३० मिनेटको एक भाग समेटिने यस टेलिसिरियल जिल्लामा ३ देखि ५ भागसम्म छायाँकन हुने बताइएको छ । पर्यटनलाई सहयोग हुने हेतुले निर्माण गरिएको यो टेलिसिरियलमा हरेक जिल्लाभित्र पर्ने प्रमुख हिमशंङ्खलाहरु, तालहरु, नदी नालाहरु, मन्दिर, गुम्बा, चैत्यहरु, प्रमुखजात्रा, पर्व, मेलाहरु, यहाँबसोवास गर्ने समुदायका लोक नृत्यहरु, जाति विशेष बाजा तथा भेषभुषा, गरगहना तथा लोक गीत संगीत, व्यवस्थीत पर्यटक लक्षित होटल तथा लजहरु, यातायाको सुविधाको लागि राजमार्गहरु, विकास निर्माणका कार्यहरु समेटिने बताइएको छ ।
टेलिसिरियलमा राजाराम पौडेल, रबिन्द्र झा, रेशम बुढाथोकी, रामबाबु रेग्मी, अजय रेग्मी, गोबिन्द सुनार, अस्मिता बस्नेत, सेबिता अधिकारी, संगम राई, दिप्त प्रकाश काश्यप, कबिता न्यौपाने, सस्मिता गिरी, भगवती खड्का, रोहित खड्का, सिमरन, रिदम श्रेष्ठ लगायतको अभिनय रहनेछ । कथा लेखक रेशम बुढाथोकी रहेका छन् ।
प्रवेश पोखरेल र गोकुल रावतको छायाँकन रहने सिरियल रबिन भट्ट र सौखिन तिमल्सिनाले सम्पादन गर्ने छन् । टेलिसिरियलमा कर्मा डि लामा, गणेश तामाङ र कुइसाङ तामाङ रुम्बाको लगानी रहेको छ ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस