अर्थतन्त्र

उकालो लाग्यो सुनचाँदीको मूल्य

काठमाडौँ । केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लाग्दै गएको छ । बुधबार छापावाल सुन बढेर तोलमा ९६ हजार ७०० रुपैयाँ पुगेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । 

यसअघि साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ९४ हजार ५०० रुपैयाँ थियो भने सोमबार ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको भने मंगलबार ९६ हजार ४०० रुपैयाँमा कारोबार भयो ।

यस्तै तेजावी सुन बुधबार तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार  भएको छ । 

यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ ।

मंगलबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १३४० रुपैयाँमा कारोबार भएको महासंघले बताएको छ । 
 

गाउँ सहर डेस्क

तपाईँको मत