स्वास्थ्य

विश्वभर काेराेनाभाइरसका सक्रिय संक्रमितमध्ये ९९.५ प्रतिशतकाे अवस्था सामान्य

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ३४ लाख २५ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । सक्रिय संक्रमित मध्ये ९९.५ प्रतिशतकाे स्वास्थ्य अवस्था सामान्य छ भने ०.५ प्रतिशतकाे अबस्था गम्भीर छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ६ करोड १५ लाख ३१ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ८ करोड ६८ लाख ३२ हजार नाघेको छ भने मृतकको संख्या १८ लाख ७५ हजार ४५१ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ८ हजार १६ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड १५ लाख ७८ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ३ लाख ६५ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड २८ लाख ६२ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ८३ लाख ५० हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ३ लाख ७५ हजार ४७८ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५० हजार १५१ जनाको ज्यान गइसकेको छ । जसमध्ये ९९ लाख ९६ हजार ५०१ जना निको भएका छन् । सक्रिय केस २ लाख २८ हजार ८२६ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ७८ लाख १२ हजार जना संक्रमितमध्ये ६९ लाख ६३ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ९७ हजारभन्दा बढी छन् । हाल ६ लाख ५० हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ६२ हजार ७८४ जना पुगेका छन् भने २ लाख ५५ हजार ६६६ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ८९३ पुगेको छ भने ५ हजार २२५ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

Rohit Koirala लेख्नुहुन्छ २२ पौष, २०७७ ०९:२० am

त्यसो हो भने यत्रो कोकोहोलो किन? जनतालाई किन त्रसित बनाएको? भ्याक्सिनबिना नै ९९.५% सामान्य हुन्छन् भने किन लकडाउन ? किन डरको खेती? सबै मेडिकल माफियाको स्वार्थ छ।

तपाईँको मत