अर्थतन्त्र

सेञ्चुरी बैंकको थप ७ वटा नयाँ शाखाको उद्घाटन

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मिति २०७७ पौष २१ गते आफ्नो ७ वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको छ । 

बैंकको ७ वटा नयाँ शाखाहरुमध्ये बाँके जिल्ला, कोहलपुर शाखाको बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठबाट, मुस्ताङ्ग जिल्ला, लेते शाखाको बैंकको सञ्चालक समितिका सदस्य डा. गीता प्रधानबाट, ललितपुर जिल्ला, भोलढोका, बालकुमारी शाखाको बैंकको सञ्चालक समितिका सदस्य राजेशराज दलीबाट, काठमाडौं जिल्ला, कपन शाखाको बैंकको सञ्चालक समितिका सदस्य अभिषेक बज्राचार्यबाट, काठमाडौं जिल्ला, नरेफाट शाखाको बैंकको सञ्चालक समितिका सदस्य महेश कुमार अग्रवालबाट, भक्तपुर जिल्ला, सुकुलढोका शाखाको बैंकको सञ्चालक समितिका सदस्य सुनील कुमार न्यौपानेबाट र काठमाडौं जिल्ला, टोखा शाखाको बैंकको सञ्चालक समितिका सदस्य उमा कुमारी श्रेष्ठबाट भर्चुअल माध्यमबाट औपचारिक उद्घाटन बैंकका उच्च पदाधिकारीको उपस्थितिमा सम्पन्न गरेको हो । 

यस आधिकारीक भर्चुअल उद्घाटन पश्चात बैंकको शाखा संजाल १२० पुगेको छ । 

सबै क्षेत्रसम्म बैंकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैंकले विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गर्दै आएको छ ।

चालु आवको असोज मसान्त सम्म यस बैंकले कुल निक्षेप रु. ८२.४२ अर्ब र कर्जा रकम रु. ६६.९३ अर्ब परिचालन गरी रु. २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत