अर्थतन्त्र

जिल्ला अस्पताल इलामलाई प्रभु बैंकबाट आर्थिक सहयोग

काठमाडौँ । प्रभु बैंक लि. को इलाम शाखा कार्यालयले आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल इलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि रु. ५,००,०००।– (पाँच लाख रुपैयाँ) आर्थिक सहयोग उपलब्ध गराएको छ । 

मिति २०७७/०९/१९ गतेका दिन एक समारोहका विच प्रभु बैंक लि. इलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले इलाम जिल्ला अस्पताल इलामका मे.सु. डा. प्रभु शाहलाई एक औपचारिक कार्यक्रममा आर्थिक सहयोग  स्वरुप रु. ५,००,०००।– (पाँच लाख रुपैयाँ) को चेक हस्तान्तरण गरे । 

उक्त कार्यक्रममा इलाम नगरपालिका वडा नं. ८ का वडाध्यक्ष होम बहादुर बस्नेत, इलाम नगरपालिका वडा नं। ७ का महिला सदस्य ईन्दिरा राई, समाजसेवी हिमाल कर्मचार्य र समाजसेवी रतन कुमार चौधरी लगायत अस्पतालका कर्मचारी एवं सेवाग्राहीहरु समेतको उपस्थिति रहेको थियो । 

प्रभु बैंक लि. को आर्थिक सहयोगमा इलाम जिल्ला अस्पतालमा जडान हुने एरो प्लाण्टबाट उक्त अस्पतलामा व्यवस्थित रुपमा सफा खानेपानी वितरण भई अस्पतालमा आउने विरामी तथा सेवाग्राहीहरुले सफा खानेपानी प्रयोग गर्न पाउने छन् भन्ने बैंकले विश्वास लिएको छ । साथै, प्रभु बैंक लि. ले समाजपयोगी कार्यक्रमहरुलाई आगामी दिनहरुमा समेत निरन्तरता दिँदै जाने उसले जनाएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत