गाउँ सहर

उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त

काठमाडौं । उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले न्यौपानेलाई महाप्रबन्धमा नियुक्त गर्ने निर्णय गरेको हो ।  योसँगै न्यौपानेले अबको चार वर्षका लागि उदयपुर सिमेन्टको महाप्रबन्धकको जिम्मेवारी पाएका छन् ।

यसअघि उदयपुर सिमेन्टमा रिक्त रहेको महाप्रबन्धकका लागि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयद्धारा गठित छनोट समितिले न्यौपाने सहित काठमाडौंका ध्रुवबहादुर देवकोटा र कपिलवस्तुका भुपेन्द्रप्रसाद अर्यालको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।महाप्रबन्धकमा नियुक्ति पाएका न्यौपाने एक सफल व्यवसायी हुनुका साथै नेपाल व्यवसायिक पहल (एनबीआई) का सचिव समेत हुन् । 

उनीसँगै महाप्रवन्धकका लागि सिफारिस गरिएका अन्य दुई व्यक्तित्वहरुमा देवकोटा उदयपुर सिमेन्टकै नायब महाप्रबन्धकबाट रिटायर्ड भएका व्यक्ति हुन भने अर्याल विभिन्न गैरसरकारी संस्थामा काम गरेका व्यक्ति हुन् । महाप्रबन्धकको पदमा नियुक्तिका लागि मिति २०७७ भदौ १ मा सूचना प्रकाशित गरिएको थियो।
 

गाउँ सहर संवाददाता

तपाईँको मत