विश्व

रातो बिकिनीका साथमा कियारा आडवाणी भाइरल 

एजेन्सी । कियारा आडवाणी रातो बिकिनीमा भाइरल भएकी छिन् । बलिउड अभिनेत्री कियारा आडवाणी हाल मालदिभ्समा आनन्द लिइरेहेकी छिन् । सोही क्रममा कियारा लगातार आफ्नो आकर्षक तस्वीर फ्यानहरुलाई सेयर गर्दै आएकी छिन् । भर्खरै मात्र कियाराले एक तस्वीर सार्वजनिक गरेकी छिन् जसमा उनी बोल्ड देखिएकी छिन् । तस्वीरमा कियारा आडवाणी रातो बिकिनी लगाएर सुमुन्द्रि तटमा देखिएकी छिन् । उनले सनग्लासेसको साथमा हेड्सक्राफ लगाएको देख्न सकिन्छ ।

कियारा यो लुकमा धेरै स्टाइलिस्ट देखिएक छन् । उक्त फोटोमा उनका साथीहरुले निकै तारिफ गरीरहेका छन् । अभिनेत्रीको तस्वीरमा साथीहरुले आकर्षक र सुन्दर लेखेर कमेन्ट गरिरहेका छन् । यसको साथै हार्ट र फायरको इमोजी बनाएर कमेन्ट गरिरहेका छन् ।

यस भन्दा अघि कियाराले गोल्डेन कलरको बैकलेस ड्रेस लगाएको एक तस्वीर सेयर गरेकी थिइन् । तस्वीर रुखका लहरामा देखिएको थियो र उनको हातमा ह्याट थियो । कियारा अभिनेता सिद्वार्थै मल्होत्रासँग डेट गरिरहेकी छिन् । यो समयमा उनीहरु मालदिभ्समा रमाइलो गरिरहेका छन् । विवाह बारे उनीहरुले केही खुलाएका छैनन् । 

कियारा पछिल्लो समय अक्षय कुमारको फिल्म ‘लक्ष्मी’ मा देखिएकी थिइन् । फिल्ममा उनले गरेको अभिनयको निकै तारिफ भएको थियो । यसको साथै उनी ‘इन्दु की जवानी’मा पनि देखिएकी थिइन् ।

गाउँ सहर डेस्क

तपाईँको मत