स्वास्थ्य

मंगलबार ५७८ जना काेराेना संक्रमित निकाे हुँदा ५२२ जना संक्रमित थपिए, ८ जनाकाे मृत्यु पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५२२ कोरोना संक्रमित थपिएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार २२५ छ । 

पछिल्लो २४ घण्टामा थप ५७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५५ हजार ६६६ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार ५ हजार २२५ जना आइसोलेसनमा छन् । ३४२ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत