अर्थतन्त्र

कञ्चनपुरमा १४ करोड बढी राजस्व सङ्कलन

कञ्चनपुर । शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कार्यालय कञ्चनपुरले ६ दिनमा १४ लाख ४२ हजार ३ सय राजस्व सङ्कलन गरेको छ ।

निकुञ्जले पुस १० देखि १५ गते सम्म उक्त राजस्व सङ्कलन गरेको सहायक संरक्षण अधिकृत रविन चौधरीले बताएका छन् ।

उनले निकुञ्जको घाँसे मैदान व्यवस्थापन र न्यून आय भएका खरको छाना भएका परिवारहरूको समस्यालाई मध्यनजर गर्दै रु.५० को टिकट काटेर खर खडाइ गरिएको जानकारी दिएका छन् ।

यस वर्ष अहिले सम्मकै बढी २८ हजार ८  सय ४६ जना व्यक्तिले खर खडाइका लागी निकुञ्जले जारी गरेको रु.५० को टिकट काटेर निकुञ्ज प्रवेश गरेको समेत उनले बताए । 

उनले यस वर्षको खर खडाइको समयमा एक जनालाई चितवाले घाइते बनाएको बाहेक अन्य कुनै अप्रिय घटना नघटेको बताएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत