प्रविधि

ग्यालेक्सी एस–२१का मोडल जनवरी १४ मा सार्वजनिक हुने पक्का 

काठमाडौँ । ग्यालेक्सी एस–२१का मोडल जनवरी १४ मा सार्वजनिक हुने पक्का भएको छ । सामसङले ग्यालेक्सी एस–२१ का स्मार्टफोन सिरिज सार्वजनिक गर्ने भएको हो ।

द भर्जका अनुसार कम्पनीले हालै आयोजना गरेको एक कार्यक्रम मार्फत् ग्यालेक्सी एस–२१ का मोडल जनवरी १४ मा सार्वजनिक गर्ने बताएको छ ।

कम्पनीले तीन नयाँ मोडल सार्वजनिक गर्न सक्ने अनुमान गरिएको छ । जसमा ग्यालेक्सी एस–२१, ग्यालेक्सी एस–२१ प्लस र ग्यालेक्सी एस–२१ अल्ट्रा रहेका छन् ।

उक्त तीन स्मार्टफोन सामसङले गत वर्ष ल्याएको ग्यालेक्सी एस–२० कै डिजाइनमा नयाँ फिचरका साथ आउने द भर्जले जानकारी दिएको छ ।

सामसङले हालसम्म ग्यालेक्सी एस–२१ का सिरिज कस्ता हुनेछन् भन्ने बारे कुनै जानकारी गराएको छैन ।

टेक अखबार विनफ्यूचरका अनुसार ग्यालेक्सी एस–२१ का डिस्प्लेका छेउछाउमा हल्का ‘कर्भ’ हुनेछ। यसैगरी ग्यालेक्सी एस–२१ को स्क्रिन ६.२ इन्चको हुनेछ भने ग्यालेक्सी एस–२१ प्लसको स्क्रिन ६.७ इन्चको हुने अनुमान गरिएको छ ।

ग्यालेक्सी एस–२१ र ग्यालेक्सी एस–२१ प्लसमा ८ जिबी र्याम र १२८ वा २५६ जिबी आन्तरिक स्टोरेज हुनेछ । यी तीनै मोडलमा ५ जी फिचरको सुविधा रहेको छ ।

सामसङले आयोजना गर्ने सो कार्यक्रम नेपाली समय अनुसार ९ बजे हुनेछ ।

गाउँ सहर डेस्क

तपाईँको मत