स्वास्थ्य

नयाँ भाइरस ‘डिजीज एक्स’ फैलने खतरा, कोरोनाभन्दा धेरै खतरनाक र चाँडै फैलने

संसार कोरोनाभाइरससँग जुधिरहेको छ । यसै समयमा एक नयाँ भाइरस फैलनसक्ने खतराको चेतावनी गराइएको छ । नयाँ भाइरस ‘डिजीज एक्स’ हो । अफ्रिकी भाइरस इबोलाको खोज गर्ने डा. जीन ज्याक्स मुएम्बा तामफमले खतराको चेतावनी दिएका हुन् । डा. तामफमका अनुसार, ‘डिजीज एक्स’ बढी घातक छ । कोरोनाको तुलनामा यो नयाँ भाइरस चाँडै फैलने र इबोलाभन्दा बढी ज्यान लिने खालको छ ।

इबोलाको तुलनामा यसबाट मृत्यु हुनेको संख्या ५० देखि ९०% सम्म बढी हुन सक्छ । एक अमेरिकी टिभी च्यानलसँग कुरा गर्दै डा. तामफमले भने, ‘आज हामी यस्तो दुनियाँमा छौँ, जहाँ नयाँ भाइरस बाहिर आउनेछ । यो भाइरस मानवताको लागि खतरा बन्नेछ । भविश्यमा आउने महामारी कोरोनाभन्दा खतरनाक र उत्पात मच्चाउने खालको हुनेछ ।’

कंगोको इगेण्डामा एक महिला विरामीमा रगत आउनुका साथै ज्वरोको सिम्प्टोम देखियो । बिरामीको इबोला जाँच गरियो, तर रिपोर्ट नेगेटिभ आयो । डाक्टलाई यो डर छ कि कतै ‘डिजीज एक्स’ त होइन । डब्लूएचओका अनुसार वैज्ञानिकका अनुसार ‘डिजीज एक्स’ महामारी अहिले परिकल्पना हो, तर यदि यो फैलिएमा पूरै दुनियाँ तहसनहस बनाउने छ । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत