अर्थतन्त्र

मंगलबार शेयर कारोबार भएका ११० कम्पनीकाे शेयर मूल्य बढ्दा ८४ काे घट्याे, १२ स्थिर

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) सामान्य अंकले घटेको छ । आज नेप्से ३.५४ अंकले घटेर दुई हजार एक सय ६५ दशमलब ४९ विन्दुमा थामिएको छ भने ४ अर्ब ५६ करोड ६३ लाख ८१ हजार १७८ रुपैयाँ बराबरको कारोबार भएको छ । 

आइतबार हालसम्मकै उच्च अंक २१७५.४० पुगेको नेप्से सूचक त्यसपछि दुई दिन ओरालो लागेको छ । सोमबार ६.३६ अंकले घटेको नेप्से मंगलबार ३.५४ अंकले घटेर २१६५.४९ विन्दुमा झरेको छ ।

मंगलबार कारोबारमा आएका १२ उपसमुहका सूचकमध्ये जलविद्युत, विकास बैंक र निर्जीवन बीमा समूह सकारात्मक रहदा अन्य समूह ओरालो लागेका छन् । आजको बजारमा बैंक, वित्त, अन्य, जीवन बीमा, उत्पादनमुलक समुह लगायतका सूचक घटे ।

लगातार दोस्रो दिन ऋणात्मक भएपनि मंगलबारको बजारमा ७ कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट नजिक बढेको छ । धेरै शेयरमूल्य बढ्ने कम्पनीमा धेरै जलविद्युत उपसमुहमा सूचीकृत कम्पनी अगाडि देखिएका छन् ।

मंगलबार जनउत्थान सामुदायिक लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, रिडी हाइड्रोपावर, जोशी हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको शेयरमा लगानी गनेृ लगानीकर्ताले कमाएका हुन् । ७ वटै कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको छ ।

आजको बजारमा साल्ट ट्रेडिङ्गको शेयरमा लगानी गरेका लगानीकर्ताले सबैभन्दा धेरै ६.१६ प्रतिशत अर्थात ४२५ रुपैयाँले गुमाएका छन् । कम्पनीको शेयरमूल्य ६ हजार ४७० मा झरेको छ ।

आज कुल २०६ कम्पनीको शेयर कारोबारमा आएकोमा ११० कम्पनीको शेयरमूल्य बढेको छ भने ८४ कम्पनीको शेयरमूल्य घटेको छ । १२ कम्पनीको शेयरमूल्य स्थीर रह्यो ।

गाउँ सहर संवाददाता

तपाईँको मत