गाउँ सहर

वायु प्रदुषणले हवाइ उडान प्रभावित

काठमाडौँ । वायु प्रदुषणले हवाइ उडान प्रभावित भएको छ । अहिलेसम्मकै उच्च वायुप्रदुषका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित हुन पुगको हो । वायु प्रदुषणका कारण भिजिविलिटी कम भएपछि २० मिनेट विमानस्थलको सेवा बन्द गर्नुपरेको त्रिभुवन विमानस्थलका प्रमुख देव चन्द्रलाल कर्णले जानकारी दिएका छन् । 

उनका अनुसार मंगलबार दिउँसो १ः३० बजेदेखि १ः५० सम्म २० मिनेट विमानस्थल बन्द गरिएको हो । सो समयमा विमानस्थलबाट टेकअफ (उड्ने) अराइभल (आगमन) हुने दुबै तर्फका विमानहरुलाई आकाशमै होल्ड गराइएको थियो । जुन समयमा मलेसियाबाट नेपाल आउँदै गरेका फ्लाइट मालिनोसहित आन्तरिक ४ गरी ५ वटा उडान प्रभावित हुन पुगेको कर्णले जानकारी दिएका छन् । 

हवाई उडान तथा ल्यान्डिङका लागि न्यूनतम १ हजार २ सय मिटरको भिजिविलिटी आवश्यक पर्दछ । तर मंगलबार एक हजार मिटर जतिको मात्र भिजिविलिटी रहेको थियो । जसका कारण उडानमा समस्या आएको कर्णले बताए । 

दिउँसो अधिकतम भिजिविलिटी कम भएकाले २० मिनेट विमानस्थल बन्द गरिएकोमा अहिले समान्य अवस्थामा फर्किएकाले उडान पुनः सुचारु भइसकेको कर्णको बताएका छन् । हाल त्रिभूवन विमानस्थलको  भिजिविलिटी १ हजार ६ सय मिटर रहेको जनाइएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत