कला

अभिनेत्री मलाईका जलयोगासनमा 

मुम्बई । अभिनेत्री मलाईका अरोडा यो समयमा प्रेमी अर्जुन कपुरसँग छुट्टी मनाउन गोवामा पुगेकी छन् ।  गोवामा उनले प्रेमीसँग मस्ती गरिरहेको उनले सार्वजनिक गरेका तस्बिरबाट अनुमान गर्न सकिन्छ । उनले नयाँ वर्षपनि परिवार र अर्जुनको साथ गोवामा नै  सेलिब्रेसन गरेकी थिइन् । सोही क्रमका उनका तस्बिर सामाजिक संजालबाट भाइरल समेत भएका थिए ।

अहिले पनि उनका केही नयाँ तस्बिर सामाजिक संजालमा चर्चामा नै छन् । तस्बिरमा उनी स्विमिङ पुलमा देखिएकी छन् । एक तस्बिरमा उनले पानी भित्र कठिन मुन्द्रामा योग गरेको देख्न सकिन्छ ।

तस्बिर शेयर गर्दै उनले लेखेकी छन्, ‘आउनुहोस्, नयाँ वर्षको अवसरमा वर्कआउट र योगको रुटिङबाट एउटा नयाँ साताको शुरुवात गरौँ ।’ मलाईकाको पानीको योग मुन्द्राले जो कोहीलाई पनि हैरान बनाउनसक्छ । उनले गरेको योगसनले खुट्टालाई मजबुत बनाउने गर्दछ । साथै आफ्नो फोकस र एकाग्रतालाई पनि बढाउने गर्दछ ।

मलाईका अर्जुनसँगको सम्बन्धको कारण पनि चर्चामा रहने गर्दछिन् । दुबै जना एकसाथ सामाजिक संजालमा तस्बिर समेत सार्वजनिक गर्ने गर्दछन् । तर दुबैले विवाहका विषयमा भने केही बोलेका छैनन् । 

उनले यस अगाडि अभिनेता अरबाज खानसँग विवाह गरेकी थिइन् । उनको अरबाजसँग २०१७ मा डिभोर्स भएको थियो ।

गाउँ सहर डेस्क

तपाईँको मत